अपराध

बैंकिङ कसुर मुद्दामा फरार खत्री पक्राउ

इकागज | असोज १२, २०७८

काठमाडौँ -  नेपाल प्रहरीले बैंकिङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा फरार खोटाङ घर भई हाल काठमाडौँको कपनमा बस्दै आएका २६ वर्षीय खगेन्द्र खत्रीलाई आज पक्राउ गरेको हो ।

ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ माघ २८ को फैसलापछि चार दिन कैद र बिगो बमोजिम रु १० लाख ६५ हजार ९०० जरिवनापछि फरार रहेका खत्रीलाई पक्राउ गरिएको जानकारी दिए ।

पक्राउ परेका खत्रीले आफ्नो ग्लोबल आइएमई बैँकको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुक्याएर  चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाया ऐन २०६४ को दफा ३ (ग) बमोजिमको कसुरमा दफा १५ (१) बमोजिम उल्लेखित सजाय हुने गरी फैसला सुनाएको थियो ।

पक्राउ परेका खत्रीलाई फैसला कार्यान्वयनका लागि आज काठमाडौँ जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताए । 

हार्डवेयर गोदाममा प्रहरीको छापा, ठूलो परिणाममा मन्‍दिरका पुराना घण्टी बरामद

इकागज | असोज ९, २०७८

कैलाली - कंचनपुर प्रहरीले भक्तजनले मन्दिरमा चढाएको घण्टी बेचेको भन्दै महेन्द्रनगर बजारस्थित गल्ली नं १ मा ...