शिक्षा

विद्यालय खोल्न हतार नगर्न आग्रह

इकागज | भदौ २३, २०७८

काठमाडौँ- कोभिड- १९ को जोखिमको विश्लेषणका आधारमा काठमाडौँ र अन्य जिल्लाका स्थानीय तहमा आगामी असोज १ गतेदेखि विद्यालय सञ्चालन गर्न सकिने गरी तयारी गरिएको छ । काठमाडौँका प्रमुख जिल्ला अधिकारीले मङ्गलबार बोलाउनुभएको बैठकमा स्वास्थ्य जोखिमको स्थिति विश्लेषण गरी जिल्ला सङ्कट व्यवस्थापन केन्द्रसँगको समन्वयमा कुन समूह वा सिफ्टमा विद्यालय खोल्ने भन्ने एकरूप कार्ययोजना पेश गर्न आग्रह गर्ने निर्णय भएको थियो । 

विद्यालय खोल्न सकिने स्थानका शिक्षक र कर्मचारीले कोभिडविरुद्धको खोप लगाएको हुनुपर्नेलगायतका आधार बनाइएको छ । सहायक प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले स्मार्ट लकडाउनअन्तर्गत विद्यालयलगायतका क्षेत्र खोल्न सकिने निर्णय यसअघि भइसकेकामा सम्बन्धित पालिकाले त्यसको ढाँचाबारे आवश्यक परामर्श गरी कार्ययोजना पेश गर्न भनिएको जानकारी दिए । उनले जोखिम भएका स्थानमा अनिवार्यरूपमा विद्यालय खोल्नुपर्ने भन्ने नरहेको स्पष्ट गरे ।

हतार नगर्न अभिभावकको आग्रह
राष्ट्रिय अभिभावक महासङ्घले भने जोखिम कायमै रहेकाले विद्यालय खोल्न हतारो नगर्न आग्रह गरेको छ । महासङ्घका अध्यक्ष सुप्रभात भण्डारीले शहरी क्षेत्रमा जोखिम कायम रहेको, महत्वपूर्ण चाडपर्व आउन लागेको, सबैले खोप नलगाएको र बालबालिका प्रभावित हुने गरी तेस्रो लहर आउन सक्ने भएकाले तत्काल विद्यालय खोल्न नहुने सुझाव सरोकार भएकाहरुको बैठकमा दिइएको बताए ।

भौतिकरूपमा विद्यालय बन्द हुँदा हाल सञ्चार तथा सूचना प्रविधिको सहयोगमा वैकल्पिक माध्यमबाट सिकाइ निरन्तरता दिइएको छ ।

गण्डकीमा पुस्तकालय स्थापना गर्ने योजना ल्याउँदैछौं : मुख्यमन्त्री पोखरेल

इकागज | भदौ २१, २०७८

पोखरा – गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशमा केन्द्रीय पुस्तकालय निर्माणको ...

त्रिचन्द्र कलेजकाे भवन पूनर्निमाणको माग गर्दै विद्यार्थीकाे प्रदर्शन

इकागज | भदौ २०, २०७८

काठमाडौँ – २०७२ सालको भुकम्पले पूर्ण क्षति पुर्याएको त्रिचन्द्र कलेज भवन पुनर्निर्माणको माग गर्दै विद्...

तपाईंको डेस्कटप वा ल्यापटपले विन्डोज ११ सर्पोट गर्छ वा गर्दैन ? यसरी थाहा पाउनुहोस्

इकागज | भदौ २०, २०७८

काठमाडौँ- माइक्रोसफ्टले अगामी अक्टोबर ५ बाट विश्वभर विन्डोज ११ दिने घोषणा गरेको छ ।  विन्डोज ११&nb...