शिक्षा

काठमाडौँ विश्वविध्यालयमा भर्चुअल जब फेयर

इकागज | साउन २८, २०७८

 काठमाडौँ- काठमाडौँ युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम) ले अगस्ट २५ देखि २७ सम्म भर्चुअल जब फेयर आयोजना गर्ने भएको छ। व्यवस्थापन संकायमा उत्कृष्ट स्थान हासिल गर्दै आएको कुसोमले हरेक वर्ष कुसोम जब एण्ड इन्टर्नसीप फेयर (केजेआइएफ) आयोजना गर्दै आएको छ। सो मेला कुसोम प्लेसमेन्ट सेलको नेतृत्वमा सन् २०११ देखि आयोजना हँदै आएको र  यो दसौं वार्षिकोत्सव र नवौँ संस्करण रहेको छ। तर भर्चुअल माध्यमबाट जब फेयर हुन लागेको यो पहिलोपटक हो ।

गतबर्ष आयोजित मेलामा भने ३५ कम्पनी र लगभग २०० विद्यार्थीको सहभागिता थियो। यस वर्ष पनि मेलामा बिभिन्न कम्पनी र संघसंस्थाहरुको सहभागिता रहेको छ। आफ्नो संस्थामा आवश्यक जनशक्ति पदपूर्ति सो मेलाबाट कम्पनीहरुले गर्न सक्नेछन् भने विद्यार्थीहरुले आफ्नो रुचीको कम्पनीमा दरखास्त दिन सक्नेछन्। मेलामा लगभग ५० कम्पनीहरुको सहभागीता हुने अनुमान छ। सहभागी कम्पनी मध्ये सिप्रदि, युनिलेभर, एमएडब्ल्यु इन्टर्पाइजेज, होम लोन एक्सपर्टस्, क्लाउड फ्याक्टोरी, स्ट्याण्डार्ड चार्टर्ड बैंक, ट्रु नर्थ एसोसिएट्स्, मेगा क्यापिटल आदि रहेका छन्। कम्पनीहरुले यस मेलामा सहभागि हुन कुसोम प्लेसमेन्ट सेलको सामाजिक सञ्जाल वा आधिकारीक ई-मेलमा सम्पर्क गर्न सक्ने कुसोमले जनाएको छ ।

त्रिवि केन्द्रीय क्याम्पस अनुसन्धान तथा शैक्षिक सञ्जालमा आवद्ध

इकागज | साउन २८, २०७८

काठमाडौँ - त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पस कीर्तिपुर विश्वव्यापी अनुसन्धान तथा शैक्षिक सञ्जाल...

सिदिङ्वाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन छात्रवृत्ति दिने

इकागज | साउन २८, २०७८

ताप्लेजुङ- जिल्लाको सिदिङ्वा गाउँपालिकाले एमबिबिएस र सिभिल इञ्जिनीयरिङ अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्...

परीक्षा केन्द्रबाहिर विद्यार्थीको नारा, 'नो भ्याक्सिन नो इक्जाम'

इकागज | साउन २६, २०७८

काठमाडौँ - कोभिडविरुद्धको खोप अनिवार्य उपलब्ध गराएर मात्र परीक्षामा सहभागी गराउन माग गर्दै विद्यार्थीहरूल...

गठबन्धनका विद्यार्थीले स्वास्थ्य राज्यमन्त्रीलाई भेटेर भने : खोपको व्यवस्था गरेर परीक्षा गरौँ

इकागज | साउन २५, २०७८

काठमाडौँ – सत्तारूढ गठबन्धनका विद्यार्थी संगठनहरूले  स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई भेटेर ...

त्रिविले भन्यो : विद्यार्थी आन्दोलित भए पनि परीक्षा रोकिँदै‍न

इकागज | साउन २५, २०७८

काठमाडौँ - राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को सबै परीक्षा स्थगित गरेपछि त्रिभुवन विश्वविद्यालय अन्तर्...

१२ कक्षाको परीक्षा स्थगित गरेकोमा विद्यालय व्यवस्थापन महासंघको आपत्ति

इकागज | साउन २४, २०७८

काठमाडौँ - सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले अर्को कार्यतालिका तय गरेर मात्रै परी...

मेरो मृत्यु भएको हल्ला चलाएपनि विचलित हुने छैन : उपकूलपति सिंह

इकागज | साउन २४, २०७८

सुर्खेत - मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा डा नन्दबहादुर सिंहले बेथितिमा गुज्रिरहेको विश्वविद्...