शिक्षा

वन विज्ञान अध्ययन संस्थानका परीक्षा स्थगित

इकागज |
साउन २७, २०७८ बुधबार २१:१९ बजे

काठमाडौँ - त्रिभुवन विश्वविद्यालय अन्तर्गत वन विज्ञान अध्ययन संस्थानले ३२ साउनदेखि सञ्चालन हुने स्नातक तथा स्नातकोत्तर तहको परीक्षा स्थगित गरेको छ । कोभिड–१९ संक्रमणको कारणले हाललाई परीक्षा स्थगित गरिएको संस्थानले जनाएको छ । 

संस्थानको परीक्षा नियन्त्रण कार्यालय पोखराका प्रमुख यज्ञप्रसाद तिमिल्सिनाले बुधबार सूचना जारी गर्दै स्थगित परीक्षा आगामी भदौ महिनाको तेश्रो हप्तादेखि भर्चुअल माध्यमबाट लिइने जानकारी गराएका छन् ।



 


Author

थप समाचार
x