शिक्षा

एमआइटी १० मा 'फ्रि तिब्बत' लेख्न नसकिने

इकागज | असोज ७, २०७८

काठमाडौँ - लिथुएनियाका रक्षामन्‍त्रीले आफ्ना उपभोक्तासमक्ष चिनियाँ फोन नचलाउन आग्रह गरेका छन् । साथै उनले चिनियाँ कम्पनीको फोन नकिन्न समेत अनुरोध गरेका छन् ।

फाइभ जी फोनमा त्यहाँको राष्ट्रिय साइबर सुरक्षा केन्द्रले गरेको परीक्षणमा चिनियाँ फोन साओमी फोनमा 'बिल्ट इन सेन्सरसीप टूल' तथा हुवावेको एक फोनमा भने साइबर हमलाको रक्षाका लागि क्षमता नभएको भेटिएको बताएको छ ।  यस परिक्षण रिपोर्टपछि भने हुवावेले यसको डाटा लिथुएनियाबाट बाहिर नजाने बताएको थियो ।

साओमीको फल्यागशिप फोनको 'एमआइटेन-टी' मा भएको एक सफ्टवेयरले केही शब्द सेन्सर गर्ने गरेको लिथुएनियाको रिपोर्टलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ । 'एम आई टेन टी' मा 'फ्री तिब्बत', 'ताइवान जिन्दाबाद' तथा 'लोकतान्त्रिक आन्दोलन' जस्ता शब्द लेख्न नसक्ने जनाएको छ ।