शिक्षा

दिल्लीका सबै विद्यालयमा पढाइ सुरु

इकागज | कात्तिक १६, २०७८

नयाँदिल्ली- भारतको दिल्ली प्रदेशका सबै विद्यालयमा सबै विषयका पढाइ सुरु भएको छ । 

कोरोनाभाइरसको महामारीका कारण १९ महिनादेखि बन्द भएका विद्यालयमा सोमबारदेखि सबै विषयका पढाइ सुरु भएको हो ।

विद्यालय सञ्चालनसम्बन्धी नयाँ निर्देशिकामा हरेक कक्षा कोठामा कूल विद्यार्थीको ५० प्रतिशतभन्दा बढी विद्यार्थी राख्न नपाइने व्यवस्था गरिएको छ ।   

आधा आधा विद्यार्थी एक एक दिन आलोपालो गरेर विद्यालय बोलाउने व्यवस्था गर्नुपर्ने निर्देशिकामा उल्लेख गरिएको छ ।

त्यसैगरी विद्यालय प्रवेश गर्नु अघि प्रवेशद्वारमा तापक्रम नाप्नु पर्ने, हातमा सेनिटाइजर लगाउनु पर्ने, मास्क लगाउनु पर्ने, सामाजिक दूरी कायम गर्नुपर्नेलगायतका नियमहरू पनि लगाइएको छ ।

माथिल्लो तहका विद्यार्थीहरूलाई भने अघिल्लो महिनादेखि नै विद्यालयमै उपस्थित गराएर अध्यापन गराउन थालिएको थियो ।  

दिल्लीको प्रकोप व्यवस्थापन प्राधिकरणले नोभेम्बर १ देखि सबै विद्यालयमा सबै विषय पढाइ गराउन अघिल्लो हप्ता सूचना जारी गरेको थियो । (एएनआई) 

स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न अनेरास्ववियुको माग

इकागज | कात्तिक १४, २०७८

काठमाडौँ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले स्ववियु निर्वाचनको कार्यतालिका सार्व...

आइफोन १३ बिक्री बढ्दा एप्पल स्मार्टफोन बिक्रीको दोस्रो स्थानमा

इकागज | कात्तिक १४, २०७८

काठमाडौँ- स्मार्टफोनको लोकप्रिय ब्रान्ड एप्पल आफ्नो उत्पादनको पछिल्लो सिरिज आइफोन १३ को बिक्री अत्याधिक हुँद...

आइफोन १३ प्रो म्याक्स किन्‍ने कि सामसुङ ग्यालेक्सी जेट फोल्ड थ्री ?

इकागज | कात्तिक १४, २०७८

काठमाडौँ - विश्व बजारमा सामसुङ र आइफोनले एकअर्कासँग प्रतिस्पर्धा गरिरहेका छन् । नेपालमा पनि आइफोन ...