अर्थ / बाणिज्य

नेपाल टेलिकम फोरजीमा पुन: पहिलो स्थानमा

इकागज |
कात्तिक १५, २०७८ सोमबार १२:२५ बजे

काठमाडौँ- फोरजी संख्याको आधारमा नेपाल टेलिकमले निजी क्षेत्रको एनसेललाई पछि पारेको छ । नेपाल दुरसञ्‍चार प्राधिकरणले सार्वजनिक गरेको रिपोर्टअनुसार टेलिकमको फोरजी ग्राहक संख्या ६२ लाख ६८ हजार ३९ रहेको देखिन्छ । निजी क्षेत्रको दुरसञ्‍चार सेवा प्रदायकको एनसेलको ग्राहक संख्या भने ५७ लाख २५ हजार ७ सय ८० रहेको छ । स्मार्ट टेलिकमले एक लाख ८६ हजार ६ सय ८६ ग्राहक पुर्‍याएको छ ।

हाल प्राधिकरणले जारी गरेको भाद्र महिनासम्मको एमआईएस प्रतिवेदन अनुसार जम्मा फोरजी ग्राहकको संख्या एक करोड २१ लाख ७० हजार पाँच सय पाँच पुगेको छ । भाद्र मसान्तसम्ममा टेलिकमले एनसेललाई फोरजी ग्राहकको संख्यामा ४ लाख ९२ हजार २५९ ने उछिनेको देखिन्छ।


एक महिनाअघि अर्थात् आर्थिक वर्ष २०७८/७९ को पहिलो महिना साउनमा टेलिकमका फोरजी ग्राहकको संख्या ५३ लाख ४० हजार ३ सय ५३ रहेकामा एक महिनाको अवधिमा ९ लाख २७ हजार ६ सय ८६ ग्राहक थप गरेको देखिन्छ । साउनमा शीर्ष स्थानमा रहेको एनसेलको संख्या भने ५५ लाख ११ हजार ३८६ रहेको थियो ।

श्रावणमा १ लाख ७१ हजार ३३ ले अगाडि रहेको एनसेलले एक महिनाको अवधिमा २ लाख १४ हजार ३ सय ९४ ग्राहक मात्र थप गर्न सकेको देखिन्छ ।


Author

थप समाचार
x