जात्रा-पर्व

वीरगंजमा बाजा बजाउन रोक

इकागज | मंसिर ७, २०७८

वीरगंज - वीरगञ्ज महानगरपालिका क्षेत्रभित्र राति १० बजेपछि हुने गरेको ध्वनि प्रदूषण न्यून गर्ने उद्देश्यले चर्को आवाजमा डिजे, बाजा र ब्यान्डबाजा बजाउनमा रोक लगाइएको  छ।

 विवाह, व्रतबन्धसहित विभिन्न मेला महोत्सवको बहानामा अश्लील गीतसङ्गीत एवम् सडकमा आर्केस्ट्राको नृत्यमा रोक लगाइएको पर्साका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालले जानकारी दिए ।  

सामुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समाजमा हुन सक्ने विकृति–विसङ्गति तथा अश्लील गीतसङ्गीत एवम् सडकमा सो नृत्यमा रोक लगाइएको हो । 

यसैगरी, घण्टाघर नजिकैका धर्मशाला, पार्टी प्यालेस एवम् होेटल बिपीपार्क, माईस्थान आदर्शनगर क्षेत्रका पुरानो बसपार्क र अलखिया मठ, छपकैया विर्ता क्षेत्रकाले बिर्ताबजार एवम् इदगाहा क्षेत्रको खाली ठाउँमा पार्किङ गर्नुपर्ने योजना अघि बढाइएको हो । 

यसैगरी,  वीरगञ्जमा सवारी पार्किङ व्यवस्थापन तथा दुर्घटना न्यूनीकरण सम्बन्धमा धर्मशाला, होटेल, पार्टीप्यालेसले नै सुरक्षा गार्ड राख्ने र सवारीसाधन पार्किङमा व्यवस्थापन गर्न जिम्मेवार हुनुपर्ने गर्ने योजना बनाइएको ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जयप्रकाश खेतानले जानकारी दिए ।  
 

आज हरिबोधनी एकादशी : यस्तो छ एकादशीको महत्‍व, तुलसीको विवाह गरी व्रत उपासना गरिँदै

इकागज | कात्तिक २९, २०७८

काठमाडौँ- आज कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशी । वर्षमा पर्ने २४ वटा एकादशीमध्ये महत्त्वपूर्ण एक...

प्रधानमन्त्रीले गरे थापाथलीस्थित बागमती नदी किनारमा छठी माईको दर्शन [फोटो फिचर]

इकागज | कात्तिक २४, २०७८

काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले थापाथलीस्थित बागमती नदी किनारमा स्थापना गरिएको छठी मा...