फुटबल

एन्फा कार्यसमितिको बैठक बोलाउन वरिष्ठ उपाध्यक्ष नेम्वाङसहित सातको माग

इकागज | पुस १, २०७८

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)का वरिष्ठ उपाध्यक्ष पंकज विक्रम नेम्वाङसहित सात जनाले एन्फा कार्यकारी समितिको बैठक बोलाउन माग गरेका छन् । एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पाले लामो समयदेखि कार्यकारी समितिको बैठक नबोलाएको भन्दै नेम्वाङसहित उपाध्यक्षद्वय कुष्ण बहादुर थापा, वीर बहादुर खड्का र अन्य चार सदस्यले विज्ञप्ती जारी गर्दै कार्यकारी समितिको बैठकको माग गरेका हुन् । 

आगामी बैशाख, २०७९ मा एन्फाको साधारण सभा र निर्वाचन गर्नुपर्ने भएकाले त्यसअघि पूरा गर्नुपर्ने जिल्ला तथा प्रदेशको साधारण सभा गर्न आवश्यक तयरी गर्नका लागि कार्य समितिको बैठक बोलाउनु पर्ने माग राखिएको छ । एन्फा सञ्चालनमा आवश्यक विधि तथा प्रक्रिया पालन नगरिएको पनि नेम्वाङलगायतले आरोप लगाएका छन् ।
‘जिल्ला लिग, प्रदेश लिग, राष्ट्रिय लिग संचालनबारे छलफल गर्न आवश्यक देखिएको छ । अन्य विषयमा पनि छलफल गर्नुपर्ने भएकाले अध्यक्षलाई पटक पटक अनुरोध गरियो । तर उहाँले वेवस्ता गर्नु भएकाले विधानको धारा ३७ को उपधारा २ बमोजिम कार्यसमितिको बैठक आयोजना माग गर्छौ,’ विज्ञप्तीमा भनिएको छ । 

युरोपा नकआउट प्लेअफः बार्सिलोनाको भेट नेपोलीसँग, डर्टमन्डको विपक्षी रेन्जर्स

इकागज | मंसिर २७, २०७८

काठमाडौँ- यसपालिको युरोपा लिगको ढाँचामा केही परिवर्तन गरिएको छ । सधाझैँ यसपटक युरोपा लिगमा अन्...