'एस्टन भिल्लाविरुद्धको हार करियरकै सबैभन्दा खराब'
प्रिमियर लिगमा आइतबार एस्टन भिल्लासँग पराजित भएपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले उक्त हार आफ्नो प्रशिक्षण करियरकै सबैभन्दा खराब भएको प्रतिक्रिया दिएका छन् । ‘खेलाडीहरुको प्रर्दशन हेरिहदाँ मैले उनीहरुलाई अभ्यास नै नगराएको जस्तो अनुभुती भयो,’ खेलपछि उनको प्रतिक्रया थियो ।
भिल्लासँगको पराजयमा आर्सनल प्रत्येक विभागमा कमजोर देखिएको थियो । आर्सनलले न त रक्षपङ्तीमा बलियो प्रर्दशन गर्न सक्यो न त गोलका लागि अवसर नै सिर्जना गर्न सक्यो । आर्टेटाले आफ्ना खेलाडीहरु मानसिकरुपमा भिल्लाका खेलाडीहरुको दाजोमा कमजोर देखिएको पनि बताए । ‘भिल्लाका खेलाडीहरु खेलमा उर्जावान देखिए । उनीहरुले हामीलाई निकै नै दबाबमा राखे । हामी रक्षापङ्तीमा पनि फिक्का रह्यौ । हामीले यस सिजन चाहेजती गोल गर्न सकेका छैनौं । त्यसमाथि पनि पाएको मौकामा गोल गर्न नसक्ने हो भने खेल जित्न सकिदैन,' आर्टेटाले निराशा पोखे ।
आर्सनल जारी प्रिमियर लिगमा आठ खेलबाट १२ अंक बटुल्दै ११ औ स्थानमा रहेको छ । एक साता अघि मात्रै म्यानचेस्टर युनाइटेडलाई पराजित गर्न सफल आर्सनल यो पटक तुलानात्मक रुपमा कमजोर प्रतिस्पर्धीसँग हारेपछि आर्टेटा निराश देखिएका थिए । ‘हामीले आगामी खेलका लागि नयाँ ढङ्गले सोच्नुपर्ने आवश्यकता छ । फेरी पनि आजको जस्तो गल्ती दोहोरिने हो भने हामी जोसुकै सँग पनि हार्न सक्छौ,’ उनले भने ।
एथलेटिको म्याड्रिडबाट आर्सनल आएपछि क्लबका लागि प्रभावशाली प्रर्दशन गरिरहेका थोमस पार्टे खेलदौरान घाइते भएपछि लन्डन क्लबका सर्मथकहरुमा थप निराशा छायो । पार्टेको चोट कती गम्भीर हो भन्ने थाहा भइसकेको छैन् । उनको थप स्वास्थ्य जाँच सोमबार हुनेछ ।
यता भिल्लाका प्रशिक्षक डिन स्मिथ खेलपछि प्रसन्न देखिए । यसै सिजन च्याम्पियन लिभरपुललाई अस्वभाविक गोल भिन्नताले हराएको भिल्लाको लागि आर्सनल बिरुद्वको जितले मनोबल थप बलियो बनाएको स्मिथको भनाई थियो । ‘मेरा लागि आजको जित लिभरपुललाई हराए बराबरको रह्यो । हामीले आफ्नो रणनीति अनुरुपको खेल खेल्यौं । हामी बल बिना र बलसँग उत्तिकै प्रभावकारी थियौं । सायद यो भन्दा राम्रो प्रर्दशन गर्ने हाम्रो क्षमता छैन,’ स्मिथले भने ।
भिल्लालाई जिताउन ओली वाट्किन्सले दुई गोल गरे । रोचक के छ भने गोलकर्ता वाट्किन्स आर्सनल सर्मथक हुन् । उनले आफ्नो टीम ठूला क्लबलाई टक्कर दिन सक्षम रहेको दाबी गरे । ‘हामीले लिभरपुललाई हरायौं । आज आर्सनललाई । हामी जो सुकैलाई हराउन सक्क्षम छौ भन्ने कुरा हामीले ठूला क्लबहरुविरुद्ध निकालेको नतिजाले प्रमाणित गर्छ,’ वाट्किन्सले भने ।