फुटबल

च्याम्पियन्स लिगको समूह चरण पार गर्न सोचे जस्तो सजिलो छैनः ग्वार्डिओला

इकागज | मंसिर १७, २०७७

काठमाडौं : म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले कुनै पनि टिमले च्याम्पियन्स लिगको अन्तिम स्रोह छनौटलाई सजिलै पाएको उपलब्धिका रुपमा लिन नहुने बताएका हुन् । मंगलबार एफसी र्पोटोसँग गोलरहित बराबरी खेलेसँगै सिटी ‘समूह सी’ को विजेता हुँदै च्यम्पियन्स लिगको प्रिक्वाटरफाईनलमा प्रवेश गरेपछि ग्वार्डिओलाले यस्तो प्रतिक्रया दिएका हुन् । 

सिटीले नकआउट चरणको यात्रा तय गरेपनि रियल म्याड्रिड, एथलेटिको म्याड्रिड, इन्टर मिलान लगायतका ठूला क्लबहरु च्याम्पियन्स लिगको समूह चरणबाटै बाहिरिने अवस्थामा पुगेका छन् । ठूला क्लबहरु संर्घषरत रहेकाले च्याम्पियन्स लिगको अन्तिम स्रोहमा पुग्नु सानो सफलता नभएको ग्वार्डिओलाको भनाई थियो  ।  

‘यो सिजन च्याम्पियन्स लिग अचम्मलाग्दो तरिकाले अघि बढेको छ । कोभिड–१९ (कोरोना भाइरस ) का कारण पनि अवस्था झन जटिल छ । त्यसकारण यस प्रतियोगिताको प्रिक्वार्टरफाइनल पुग्न सजिलो छैन । मानिसहरुलाई ठूला टिमले सजिलै समूह चरण पार गर्नुपर्छ जस्तो लाग्नसक्छ । तर प्रतिस्पर्धा सोचे जस्तो सजिलो छैन,’ ग्वार्डिओलाले भने । 

सिटीले अब समूह चरणमा आफ्नो अन्तिम खेल आउँदो बुधबार फ्रेन्च क्लब मार्सेसँग खेल्नेछ । जुन प्रिमियर लिगको म्यानचेस्टर डर्बीको तीन दिन अघि मात्र हो । 
च्याम्पियन्स लिगमा यस सिजन एउटा मात्र खेल जितेको मार्सेका विरुद्ध बलियो टिम उर्ताने ग्वार्डिओलाको भनाइ थियो । चोट बोकेका खेलाडीहरु क्रमशः टिममा फर्किदै गएकाले पनि ग्वार्डिओलाले मार्से विरुद्ध आफ्ना मूख्य खेलाडीहरुलाई आराम दिने सम्भावना छ । 

‘सबै खेलाडीहरुल खेल्ने मौका पाउनु पर्छ । त्यसकारण मार्से र युनाईटेड विरुद्धका खेलहरुमा सबैले बराबरी मौका पाउनेछन्,’ सिटी प्रशिक्षकले भने ‘दुबै खेल हामी जित्नका लागि नै खेल्नेछौ । दुबै खेलको उत्तिकै महत्व छ । त्यस अनुसारकै तयारी र खेलाडी छनौट गरिनेछ,।’
गोल डटकमबाट 


 

म्यानचेस्टर युनाईटेडका काभानी प्रतिबन्धमा पर्न सक्ने

इकागज | मंसिर १५, २०७७

काठमाडौं : म्यानचेस्टर युनाईटेडका स्ट्राईकर एडिन्सन काभानी इंग्लिस फुटबल संघको प्रतिबन्धमा पर्नसक्ने बेलायत...

गुरु-चेलाको प्रतिद्वन्द्वीतादेखि रेलिगसनबाट बच्‍न संर्घषरतहरुको भिडन्तसम्म

इकागज | मंसिर १३, २०७७

काठमाडौं : यस सप्ताहन्त पनि प्रिमियर लिगमा रोचक खेलहरू हुदैछन् । लिग अंक तालिकाको शिर्षस्थानमा रहेको टो...

'मेस्सी मात्र होइन, रोनाल्डो, मौउरिन्हो र क्लप पनि ला लिगामा हुनुपर्छ'

इकागज | मंसिर १२, २०७७

लियोनल मेस्सीको बार्सिलोनासँगको सम्झौता जारी सिजनको अन्त्यमा सकिदैछ । युरोपियन प्रेसमा मेस्सीको भविष्यका ...