फुटबल

युभेन्टसविरुध्द बार्सिलोनाका एक्ला सिपाही लियोनल मेस्सी

इकागज | मंसिर २४, २०७७

काठमाडौं : बार्सिलोनाका कार्यबहाक अध्यक्ष हुन्, कार्लेस टुसक्वेट्स । कार्यबहाक भएकाले टुसक्वेट्सले महत्वपूर्ण निर्णय लिन सक्दैनन् । त्यसकारण, बार्सिलोनाका प्रशिक्षक रोनाल्ड कुमन हाललाई बर्खास्तीबाट सुरक्षित छन् । 

बार्सिलोना सामान्य अवस्थामा भएको भए कुमन बर्खास्तीमा परिसक्थे । तर क्याट्लन क्लब समान्य अवस्थामा छैन् । प्रशासनिक कलहदेखि आर्थिक समस्यासम्ममा बार्सिलोना फसेको छ ।  बार्सिलोना समस्याग्रत छ । तर सबै समस्याहरु प्रशिक्षक कुमनको देन होइन । तथापी उनको नेतृत्वमा बार्सिलोनाले लगातार खराब प्रदर्शन गरिरहेको छ । मंगलबार च्याम्पियन्स लिगमा युभेन्टससँगको पराजय त्यसकै सिलसिला हो ।  

त्यसो त, घरेलु मैदानमा इटलियन क्लबलाई स्वागत गर्नुअघि नै बार्सिलोनाले च्याम्पियन्स लिगको अन्तिम १६ मा आफ्नो स्थान पक्का गरिसकेको थियो । तर रोनाल्डो सम्मिलत टिमसँग हारेपछि बार्सिलोना समूह जी को उप–विजेतामा सीमित भयो । समूह चरणमा उप–विजेता हुनु भनेको बार्सिलोनाले अर्को चरणमा समूह विजेतालाई प्रतिद्वन्द्वीका रुपमा पाउनु हो । 

जारी सिजन कुमन बार्सिलोनाको प्रशिक्षकका रुपमा असफलताको नजिक छन् । स्पेनिस ला लिगामा बार्सिलोना जम्मा चार खेल जित्दै अंक तालिकाको नौऔ स्थानमा छ । कुमनले बार्सिलोनामा कुनै प्रभाव पार्न सकेका छैनन् । न त उनले बार्सिलोनालाई स्वभाविक सुन्दर फुटबल नै खेलाउन सकेका छन् न त कुनै रणनीतिक परिवर्तन नै गर्न सकेका छन् । कती सम्म भने, बार्सिलोना लिगमा सुरुवाती गोल खाएपछि कुनै पनि खेलमा फर्किन सकेको छैन् । त्यसो त, बार्सिलोनाको नयाँ नेतृत्वले फ्रेबुअरीमा कुमनलाई हटाउन सक्छ । तर बर्खास्त गर्दा आर्थिक रुपले समस्याग्रस्त बार्सिलोनाले कुमनलाई क्षतिपुर्ती सहित पुरै तलब एकै साथ तिर्नुपर्ने हुनसक्छ । त्यसकारण, बर्खास्ती सजिलै सम्भव हुने कुरा होइन । 

क्लबले लगातार खराब प्रदर्शन गरेपपछि लियोनल मेस्सीले बार्सिलोना छाड्ने सम्भावना पनि बढेको छ । जारी सिजनको अन्त्यमा फ्रि–एजेन्टका रुपमा बार्सिलोना छाड्न सक्ने मेस्सीलाई क्याट्लन क्लबले नयाँ सम्झौतामा राजी गराउन प्रयास गरिरहेको छ । तर ६ पटक बलोन डि ओर जितेका अर्जेन्टिनियन फरर्वाडलाई क्लबका राख्न त्यति सजिोले हुनै छैन । मेस्सीले आउँदो जनवरी मै बार्सिलोना छाड्न प्रयास गर्ने अनुमान गर्न थालिएको छ । 

टिमको लय खराब भएपनि मेस्सीले प्रत्येक खेलमा जित दर्ता गर्न सक्दो प्रयास गर्ने गरेका छन् । युभेन्टससँगको हारमा पनि मेस्सी बार्सिलोनाको तर्फबाट सबैभन्दा प्रवाबशाली प्रदर्शन गर्ने खेलाडी थिए । मेस्सी एक्लैले बार्सिलोनाको पोस्टमा ११ पटक आक्रमण बुने भने खेलमा सबैभन्दा टच लिने खेलाडी उनै थिए । 

युभेन्टसविरुद्ध मेस्सीलाई गोल गर्नैपर्ने बाध्यता पनि थियो । किनभने मेस्सी आफ्ना ठूला प्रतिद्वन्द्वी क्रिस्टियानो रोनाल्डोसँग आमनेसामने हुँदै थिए । तर बाजी मारे रानोल्डोले । बार्सिलोना र युभेन्टसबीचको खेलले मेस्सीका नियतीलाई छर्लङ पार्यो । किनभने उनी खस्कदै गइरहेको टिमलाई जिताउन लागिपरिरहेका थिए भने रोनाल्डो उर्जाशिल खलाडीहरुको साथले उत्साहित थिए । 

खेलमा बार्सिलोना हरेक विभागमा बलियो देखिए पनि दुई पेनाल्टी पाएको युभेन्टसले क्याम्प नौउलाई निराश बनायो । नतिजाः ला लिगामा ३२ वर्षकै खराब सुरुवात गरेको बार्सिलोनाले च्याम्पियन्स लिगमा अपराजित यात्रा कायम गर्ने मौका गुमायो । 

(गोलडटकमबाट)

चेल्सीविरुद्ध लिड्स : गहिरो प्रतिद्वन्द्विताबीच तीन अंकको लडाई

इकागज | मंसिर २०, २०७७

काठमाडौँ : प्रिमियर लिगमा यस साता चेल्सी र लिड्स युनाइटेड भिड्दैछन् । कुनै बेला लिगमा ठूलो प्रतिद्वन्द्वित...

लाम्पार्ड इंगल्यान्डको प्रशिक्षक बन्न योग्य छन् : इभानोभिच

इकागज | मंसिर १९, २०७७

काठमाडौं : चेल्सीका पूर्व डिफेन्डर ब्रानिस्लाभ इभानोभिचले आफ्ना पूर्व सहकर्मी फ्रान्क लाम्पार्ड भविष्यमा इंगल्य...