फुटबल

बार्सिलोनासँग नेयमार किन्‍ने आर्थिक स्रोत छैन : मेस्सी

इकागज | पुस १३, २०७७

काठमाडौं : सन् २०१७ मा पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका नेयमार बारम्बार बार्सिलोना फर्कने हल्ला चलिरहन्छ । नेयमार आफै पनि लियोन मेस्सीसँग खेल्ने चाहना अभिव्यक्त गरिरहन्‍छन् । केही हप्ता अघि मात्रै पनि नेयमारले आफू र मेस्सी अर्को सिजन एउटै क्लबबाट खेल्नुपर्ने भनाइ राखेका थिए । तर पिएसजीमा मेस्सी आउने वा आफू बार्सिलोना फर्कने भन्‍ने बारेमा चाँहि नेयमारले केही भनेका थिएनन् । 

तर बार्सिलोनाले नेयमार खरिद गर्ने सम्भावना भने नरहेको मेस्सीले बताएका छन् । स्पेनिस सञ्चारमाध्यम ला सेक्सटासँग कुरा गर्दै मेस्सीले बार्सिलोनाको आर्थिक अवस्था खराब रहेकाले क्याटलोनियामा नेयमारको आगमन सम्भावना न्यून रहेको बताए । ‘नेयमारलाई बार्सिलोनाले किन्‍ने हो भने पिएसजीलाई ठूलो रकम तिर्नुपर्ने हुन्छ ।

मलाई लाग्दैन बार्सिलोनासँग त्यो स्तरको आर्थिक स्रोत छ । भएकै खेलाडीलाई राख्‍न पनि ठूलो रकम लगानी गर्नुपर्ने अवस्था छ । त्यसकारण, नयाँ खेलाडी त्यसमाथि नेयमारलाई क्लबमा ल्याउन सजिलो छैन’ मेस्सीले भने ।  

मेस्सीले नेयमारसँग मात्र होइन, कार्सिलोनाका पूर्व फरर्वाड लुइस स्वारेजसँग पनि आफ्नो कुरा भइराख्‍ने बताए । ‘हामी तीन जना नै सम्पर्कमा छौ । हामी प्रत्येक दिन कुरा गरिरहेका हुन्छौ,’ मेस्सीले थपे । मेस्सीले सोही अन्तर्वार्तामा बार्सिलोनाका अर्का फरर्वाड एन्टाइन ग्रिजम्यानसँग पनि आफ्नो कुनै समस्या नरहेको स्पष्ट पारे । ‘मेरो र उनको सम्बन्ध राम्रो छ । कुनै समस्या छैन । मैले उनको बारेमा कहिले पनि नकारात्मक कमेन्ट गरेको छैन’ मेस्सीको भनाइ थियो ।

प्रदेश लिग हुने

इकागज | पुस १०, २०७७

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा) ले बागमती र सुदुर पश्चिम प्रदेशमा प्रदेश लिग आयोजना गर्ने...

पिएसजीद्वारा टुचेल बर्खास्त, पोचेटिनो वा एलेग्री नयाँ प्रशिक्षक बन्‍न सक्‍ने

इकागज | पुस ९, २०७७

काठमाडौं : पेरिस सेन्ट जर्मेन (पिएसजी) ले प्रशिक्षक थोमस टुचेललाई बर्खास्त गरेको छ । सन् २०१८ को मे...

म्यानचेस्टर युनाइटेडले प्रशिक्षक बन्‍न प्रस्ताव राखेको थियो: कार्लो एनसिलोट्टी

इकागज | पुस ८, २०७७

काठमाडौं : एभरटनका प्रशिक्षक कार्लो एनसिलोट्टीले आफुलाई म्यानचेस्टर युनाइटेड सम्हाल्ने प्रस्ताव आ...