स्वास्थ्य

निजी अस्पतालहरूलाई स्वास्थ्य बीमाको जिम्मा दिन नहुनेमा जोड

इकागज | चैत ३, २०७९
काठमाडौँ - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोशन पोखरेलले निजी अस्पतालहरूलाई स्वास्थ्य बीमाको जिम्मा दिनु नहुने बताएका छन्  । बिहीबार राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै उनले निजी अस्पताललाई बीमाको जिम्मा दिनु नहुने बताएका हुन् । बीमा निजी अस्पताललाई नदिँदा केही वर्षसम्म गाह्रो भए पनि सरकारको अस्पतालहरूको उन्नति, प्रगति गर्न सहयोग पुग्ने उनको भनाइ छ ।  उनले मेडिकल, डेण्टल कलेज, ठूला अस्...