स्वास्थ्य

जनसंख्याको अनुपातमा खोप उपलब्ध गराउन मुख्यमन्त्री राउतको माग

इकागज | साउन २८, २०७८
जनकपुरधाम - प्रदेश- २ का मुख्यमन्त्री लालबाबु राउतले जनसंख्याको अनुपातमा कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन कोभिड-१९ संकट व्यवस्थापन कार्यदल (सीसीएमसी)सँग माग गरेका छन् । बिहीबार जनकपुरधाममा बसेको प्रदेशस्तरीय कोभिड-१९ संकट व्यवस्थापन कार्यदल (पीसीसीएमसी)को बैठकमा मुख्यमन्त्री राउतले सीसीएमसी केन्द्रीय सचिवालयका प्रमुख बालानन्द शर्मा नेतृत्वसहितको टोलीसँग यस्तो माग गरेका हुन् । उनले सबैभन्दा बढी जनघनत्व तथा भारतसँगक...