स्वास्थ्य

नेता र आसेपासेले खोप 'खोस्दा' १५ लाख ज्येष्‍ठ नागरिक दोस्रो डोजबाट वञ्‍चित

अतिन आचार्य | जेठ ११, २०७८
काठमाडौँ : सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा भएको 'भर्चुअल' पत्रकार सम्मेलनमा मन्त्री हृदयेश त्रिपाठीले २६ लाख ६५ हजार ९ सय ८७ जनाले खोप लगाइसकेको बताएका थिए ।  अनुदान र खरिद गरेर ३२ लाख ४८ हजार मात्रा खोप प्राप्‍त भएको उनले जानकारी दिए । तर पहिलो चरणको कोभिसिल्ड खोप लगाएका साढे १४ लाख ज्येष्ठ नागरिकले महामारीमै दोस्रो चरणको खोप लगाउन नपाउने पक्कापक्की छ । फ्रन्टलाइनरको रुपमा रहेका स्व...