स्वास्थ्य

कोभिडले प्रदेश १ मा ७४६ जनाको मृत्यु, ५० हजार संक्रमित

इकागज | जेठ ९, २०७८
विराटनगर : कोभिड संक्रमणका कारण हालसम्म प्रदेश १ मा ७ सय ४६ जनाको मृत्यु भइसकेको छ । कोभिडका कारण सवै भन्दा बढी मोरङ जिल्लामा मृत्यु भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार कोभिड संक्रमणका कारण मोरङमा २२७ जनाको मृत्यु भएको छ भने सुनसरीमा १९८, झापामा १८०, धनकुटामा १५, उदयपुरमा १४, इलाममा १३, संखुवासभामा ३ जनाको मृत्यु भएको छ ।  यसै गरी तेह्रथुम र ताप्लेजुङमा ५ र ५ र पाँचथरमा २ जनाको मृत्यु भएको मन्त्रा...