स्वास्थ्य

पीसीआरभन्दा एन्टिजेन परीक्षणमा दोब्बर खर्चिंदै सरकार

इकागज | बैशाख ३१, २०७८
काठमाडौं : स्वास्थ्य सेवा विभागले ठूलो संख्यामा एन्टिजेन परीक्षण किट खरिद गर्न ठेक्का लगाएको छ । स्वास्थ्य सेवा विभागले आरडीटीजस्तै द्रुत परीक्षणमा प्रयोग हुने एन्टिजेन किट खरिद गर्ने भएको हो । विभागले कोभिड-१९ परीक्षणका लागि १९ करोड १८ लाख रुपैयाँमा ठेक्का लगाएको छ । त्यसमध्ये १२ करोड रुपैयाँमा एन्टिजेन किट खरिद गर्न लागेको हो । एउटा किटको एक हजार रुपैयाँ पर्छ । १२ करोड ८५ लाख रुपैयाँमा एन्टिजेन टेष्ट किटको ठेक्का...