स्वास्थ्य

रुपन्देहीमा थपिए ७९७ काेभिड संक्रमित

इकागज | बैशाख २१, २०७८
बुटवल : पछिल्लो २४ घण्टामा रुपन्देहीमा थप ७ सय ९७ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ। कोभिड-१९  संक्रमणका कारण रुपन्देहीमा थप ४ जनाको मृत्यु भएको छ। हाल रुपन्देहीमा सक्रिय संक्रमितको संख्या ४ हजार ६ सय ७६ जना पुगेको छ। त्यस्तै जिल्लामा कुल संक्रमितको संख्या १४ हजार ७ सय ६६ पुगेको छ। हालसम्म रुपन्देहीमा २ सय २० जना काेभिड संक्रमितको मृत्यु भएको छ। त्यसै गरी जिल्लामा ९ हजार ८ सय ७० संक्रमित निको भएका...