घटना-दुर्घटना

झापामा अस्पतालबाट भागे थुनुवा

इकागज | भदौ ५, २०८१

झापा - इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन् । फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ ।

 जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार राई लागू औषध मुद्धामा यही भदौ २ गते बिर्तामोड बसपार्कबाट एक ग्राम ४४ मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका थिए । अदालतबाट पाँच दिनको म्याद थपेर उनीमाथि अनुसन्धान भइरहेको थियो ।

 हिरासतमा रहँदा अत्यधिक पेट दुखेको बताएपछि राईलाई मङ्गलबार अपरान्ह ४ बजेतिर बिर्तामोडको पूर्णटुङ्ग विर्तासिटी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । हतकडी लगाइएका थुनुवा राईको सुरक्षामा प्रहरी हवल्दार बमबहादुर राई खटिएका थिए । 

सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई छलेर थुनुवा राई हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका थिए । इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक प्रकाश विष्टको नेतृत्वमा परिचालित प्रहरी टोलीले फरार थुनुवा राईको खोजी गरिरहेको जनाइएको छ । 

अन्नपूर्ण संरक्षण क्षेत्रमा लेक लागेर एक वर्षमा २१ पर्यटकको मृत्यु

इकागज | भदौ ५, २०८१

काठमाडौँ - पदयात्रा र साहसिक पर्यटनका लागि विश्वभर ख्यातिप्राप्त अन्नपूर्ण संरक्षण क्षेत्रमा गत आव ०८०/८१ ले...

सप्तरीमा तेल बोक्ने ट्यांकरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु

इकागज | साउन ३२, २०८१

सप्तरी - पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनरूप नगरपालिका–३ बरमझियामा आज तेल बोक्ने ट्यांकरले...