प्रदेश / स्थानीय सरकार

गरिबीले पिल्सिएको एउटा गाउँ : जहाँ विद्यालय जानेभन्दा नजानेको संख्या धेरै छ

अतिन आचार्य | चैत १२, २०७८
काठमाडौँ- जामुने र काइटार गाउँमा शिक्षित मान्छेहरूको गणना औँलामा गरे पुग्छ । नयाँ मान्छे गाउँमा पुगेर बोले बुझ्छन्, लेखेर दिएमा कसैले बुझ्दैनन् । पुराना पुस्ताले विद्यालय टेकेनन् । धेरैले पुस्तक कस्तो हुन्छ त्यो पनि देखेनन् । पुस्तक नदेखी ७० देखि ८० वसन्त पार गरेका मान्छेहरू बस्तीबाटै हराइसकेका छन् । अहिले नयाँ पुस्ताले विद्यालय देखे तर औपचारिक शिक्षा पूरा गर्न पाएका छैनन् । उनीहरू चेतनाको अभाव, अशिक्षा...