प्रदेश / स्थानीय सरकार

अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई स्थायी गर्न माग

इकागज | चैत १०, २०७८
पोखरा - गण्डकी प्रदेशभित्र रहेका अस्थायी, करार र ज्यालादारी कर्मचारीलाई स्थायी गर्न अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक संघले माग गरेको छ ।  मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई ज्ञापन पत्र दिएर उनीहरूले सबै कर्मचारीलाई नियमअनुसार स्थायीको माग गरेका हुन् । उनीहरूले सरकारलाई ९ बुँदे ध्यानाकर्षणपत्र बुझाएका छन् । उपदान, औषधी उपचार, महंगी भत्ता, वृद्धि विकासका कार्यक्रम, रोजगारीको...