प्रदेश / स्थानीय सरकार

दलित मुक्तिका लागि सामाजिक-राजनीतिक प्रणाली परिवर्तन आवश्यक : उपेन्द्र यादव

इकागज | मंसिर २०, २०७८
जनकपुर - जनता समाजवादी पार्टी, नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले सामाजिक र राजनीतिक प्रणालीको परिवर्तनबिना दलित समुदायको मुक्ति सम्भव नभएको बताएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित  ‘दलित समुदायको वर्तमान अवस्था ः समस्या र समाधान’ विषयक कार्यशाला गोष्ठीमा सोमबार सहजीकरण गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । दलित समुदायको मुक्तिको बाधक मुलुकको विद्यमान सामाजिक र राजनीतिक प्रणाली रहेकाले यसको...