प्रदेश / स्थानीय सरकार

पाँचथर अस्पताल तोडफोड : आकस्मिक बाहेकका सेवा बन्द

इकागज | असोज २१, २०७८
पाँचथर- उपचाररत बालिकाको मृत्यु प्रकरणमा गए राति  जिल्ला अस्पतालमा तोडफोड हुँदा अस्पतालका संरचनामा क्षति पुगेको छ । स्वास्थ्यकर्मीको लापरवाहीले बालिकाको ज्यान गएको आरोप लगाउँदै तोडफोडमा उत्रिएको समूहले ढुङ्गामुढा गर्दा अस्पतालको बाहिरी संरचनामा क्षति पुगेको छ  । अस्पतालको आकस्मिककक्ष, कोभिड-१९ सङ्क्रमितको उपचार हुने एचडीयू सहित अस्पतालका झ्याल ढोका सहितका संरचना फुटेका छन् ।   जिल्ला अस्पतालको बाह...