प्रदेश / स्थानीय सरकार

गण्डकीलाई २४ गते साक्षर प्रदेश घोषणा गरिँदै

इकागज | असोज १९, २०७८
पोखरा – गण्डकी प्रदेश सरकारले आफ्नो प्रदेशलाई साक्षर घोषणा गर्ने भएको छ । २४ असोजमा पोखरामा हुने विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा साक्षर प्रदेश घोषणा गरिने भएको हो । यसका लागि प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रधानमन्त्री देउवालाई सरकारी निवास बालुवाटारमै भेटेर निमन्त्रणा पत्रसहित निम्तो दिएका छन् ।  ३० भदौमा बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सबै जिल्ला साक्षर घोषणा भइसक...