प्रदेश / स्थानीय सरकार

सरकार फेरिए पनि मधेसीमाथि विभेद कायमै : महन्थ ठाकुर

सुभाष कर्ण | असोज १६, २०७८
जनकपुरधाम – लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेसी जनतामाथि विभेद कायमै रहेको बताएका छन् । शनिबार धनुषास्थित जिरोमाइल युवा कमिटी पदाधिकारीको शपथ ग्रहण तथा पद हस्तान्तरण कार्यक्रममा अध्यक्ष ठाकुरले यस्तो बताएका हुन् । ‘देशमा संघीयता जारी भएपश्चात धेरै पटक फेरिएका सरकारले मधेसी जनतामाथि विभेद र अन्याय हुन नदिने प्रतिबद्धता जनाए तर ती प्रतिबद्धता आजसम्म कार्यान्वयन हुन सके...