प्रदेश / स्थानीय सरकार

‘वर्षमा दश जोर लुगा सिलाएर बिक्री गर्दा घरखर्च राम्रैसँग चलेको छ’

इकागज | असार १०, २०८१
कञ्चनपुर- कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाइँकी ४६ वर्षीया मन्तुरा राना परम्परागत पहिरन सिलाउने काम गर्छिन् । राना थारु समुदायका लोप हुँदै गएका पहिरन सिलाउँदै उनले आफ्नो परिवारको घरखर्च जोहो गर्दै आएकी छन् । दोदा नदीको बगरमा मन्तुराले बगर खेती पनि गरेकी छन् । तरकारी हेरचाह गर्न छाप्रो बनाएर बसेकी उनी फुर्सदको समयमा पहिरन सिउने काममा व्यस्त छन् । 'आजभोलि लुगा सिउने मेसिनले कपडा सिउँदा निकै सजि...