प्रदेश / स्थानीय सरकार

नदी सफाइ गर्दै काठमाडौँ महानगर

इकागज | असार ९, २०८१
काठमाडौँ - काठमाडौँ महानगरपालिकाले यहाँका नदीहरूको सफाइ सुरु गरेको छ । वातावरण विभागअन्तर्गतका ५५ जना कर्मचारीको समूहले रुद्रमती (धोबीखोला), कपनको खहरे र बालाजु क्षेत्रबाट बग्ने भचाखुसी सफाइ गरिसकेको छ । सफाइ समूहले  अहिले इच्छुमती (टुकुचा) नदी सफाइ गरिरहेका छन् ।  सफाइ समूहले राजधानीको मध्यभागबाट बग्ने इच्छुमती सफाइमा एक हप्ता बिताइसकेको छ । उक्त समूहले अन्य नदीमाभन्दा इच्छुमतीमा बढी फोहर भेटिएको ...