प्रदेश / स्थानीय सरकार

सुनसरीमा आँप उत्पादन  घट्यो

इकागज | असार २१, २०८१
धरान (सुनसरी)- जिल्लामा यस वर्ष आँपको उत्पादनमा कमी आउँदा  मूल्य बढेको छ । हुरीबतास र कीराले क्षति पुर्याएको कारण गत वर्षका तुलनामा यस वर्ष आँपको उत्पादनमा कमी आएको जिल्ला कृषि ज्ञान केन्द्रका सूचना अधिकृत प्रविनलाल श्रेष्ठले जानकारी दिए ।   उनले भने 'कीराको जोखिम र हुरीबतासका कारण गत वर्षभन्दा यस वर्ष उत्पादन कम भएको हो । उत्पादन कम भएसँगै मूल्यवृद्धि भएको छ । खुद्रा प्रतिकेजी रु ५५ सम्ममा बिक्री ह...