प्रदेश / स्थानीय सरकार

जङ्गली च्याउ खाँदा तनहुँमा तीनजना बिरामी

इकागज | असार २२, २०८१
तनहुँ- जङ्गलबाट ल्याएको च्याउ खाँदा आज तनहुँमा तीन जना बिरामी भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घिरिङ गाउँपालिका–१ पुट्टार नयाँबस्ती निवासी ६० वर्षीया लीलामाया विक, ४० वर्षीया कमला विक र १५ वर्षीया अनिता विक बिरामी भएका हुन् । अनिताले जङ्गलबाट ल्याएको च्याउ खाँदा उनीहरू बिरामी परेको प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए । बिरामी तीनै जनाको स्थानीय धुलिखेल अस्पतालमा उपचार गरी थप उप...