प्रदेश / स्थानीय सरकार

सप्तकोशीमा जल सतह यो वर्षकै उच्च, ब्यारेजका ३४ वटा ढोका खोलियो

इकागज | असार २२, २०८१
सुनसरी- सप्तकोशी नदीको जल सतह आज यस वर्षकै सबैभन्दा उच्च भएको छ । दिउँसो ३ बजे कोशी ब्यारेजमा दुई लाख ७२ हजार ४८५ क्युसेक जल सतह मापन गरेको नियन्त्रण मापन केन्द्रले जानकारी दिएको छ । अहिले नदीको बहाव बढेसँगै कोशी ब्यारेजको ३४ वटा ढोका खोलिएका छन् । आज बिहान ४ बजे एक लाख २४ हजार चार सय ६५ क्युसेक प्रतिसेकेन्ड जल सतह मापन गरिएको केन्द्रका कर्मचारी अमित यादवले बताए । उनले भने, 'पहाडी क्षेत्रमा हिजोदेखि नि...