प्रदेश / स्थानीय सरकार

मेयरले एकलौटी गरेको भन्दै बौधीमाईकी उपमेयरसहित बहुमत सदस्यद्वारा नगर अधिवेशन बहिष्कार

इकागज | असार १०, २०८१
रौतहट- रौतहटको बौधीमाई नगरपालिकाकी उपमेयर प्रमिला देवी जयसवालले पाँच जना वडा अध्यक्षसहित बहुमतका साथ नगर अधिवेशन बहिष्कार गरेकी छन् । मेयर प्रदिप यादवले एकलौटी रूपमा नगर अधिवेशन गर्न खोजेको भन्दै उपमेयर प्रमिला देवी जयसवाल बहुमत कार्यपालिका सदस्यसहित नगर अधिवेशन बहिष्कार गरेकी हुन् । मेयर यादव र उपमेयर जयसवाल एउटै दल नेकपा एकीकृत समाजवादी पार्टीको टिकटबाट निर्वाचित भए पनि मेयरले मनोमानी गर्न खोजेको ...