प्रदेश / स्थानीय सरकार

जुम्लाका किसानलाई मार्सी रोपाइँको चटारो

इकागज | जेठ १७, २०८१
जुम्ला- जुम्लाका आठ वटै स्थानीय तहका किसान हाल मार्सी धान रोपाइँमा व्यस्त छन् । मार्सी जुम्लामा मात्र उत्पादन हुने गरेको छ ।  तातोपानी गाउँपालिकाका स्थानीयवासी लक्ष्मी कार्कीका अनुसार जेठको पहिलो सातादेखि असारको दोस्रो सातासम्म जिल्लाभर मार्सीको रोपाइँ हुने गरेको छ । केही समय यता मार्सी चामलको माग बढेपछि किसान उत्साहित भएर यसको खेतीमा लागेका छन् । जुम्लामा उत्पादन हुने मार्सी चामलको माग देशभर बढिरहेकाले पनि ...