प्रदेश / स्थानीय सरकार

पोखरा-मुग्लिन सडक निर्माणमा ढिलाइ

पर्यटक र सर्वसाधारण दुई वर्षदेखि सास्ती भोग्न बाध्य

इकागज | चैत १८, २०८०
गण्डकी- पर्यटकीय राजधानी पोखरा प्रवेश गर्ने पोखरा-मुग्लिन सडक विस्तार र स्तरोन्नतिको काममा ढिलाइ हुँदा पर्यटक र सर्वसाधारण दुई वर्षदेखि सास्ती भोग्न बाध्य छन् । घाम लाग्दा धुलो र पानी पर्दा हिलोको समस्याबाट यात्रु हैरान भएका छन् ।  विसं २०७८ वैशाखदेखि सुरु भएको सडक विस्तार तथा स्तरोन्नति कार्यले पछिल्लो समय थोरै गति लिन थालेको छ । स्थानीयले निर्माण सुस्त भएकाले अझै गति बढाउनुपर्ने बताउँदै आएका छन् ।  आयोजनाक...