प्रदेश / स्थानीय सरकार

बागमती प्रदेशसभाको बैठक मंगलबार बस्ने

इकागज | फागुन २६, २०८०
मकवानपुर- बागमती प्रदेशसभाको चालु अधिवेशन बैठक यही फागुन २९ गते अपराह्न ३ बजे  बस्ने भएको छ ।  यही फागुन १७ गते प्रदेशसभाको बैठकले अनुमोदन गरेको बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिको बैठकबाट प्राप्त प्रतिवेदनलाई फागुन २९ गते अपराह्न १ बजे बस्ने कार्य परामर्श व्यवस्थापन समितिको बैठकमा पेश गर्न कार्यसूची तयार गरिने प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए । यसैगरी, प्रदेशसभा सचिवालयमा आइत...