प्रदेश / स्थानीय सरकार

कोशीका पहिचानवादीलाई शेखरको आड

इकागज | माघ ८, २०८०
काठमाडौँ- आइतबार कोशी प्रदेशको नामकरणमा असन्तुष्ट पहिचानवादीहरूले नेपाली कांग्रेसका नेता तथा सांसद डा. शेखर कोइरालालाई भेटे । उनीहरूले विराटनगरस्थित कोइराला निवासमा ‘कोशी प्रदेश’ नामकरणमा असन्तुष्टि जनाउँदै भेट गरेका हुन् । कोइरालासँगको भेटमा प्रदेश नामकरणमा असन्तुष्ट पहिचानवादी आन्दोलनका शीर्ष नेताहरू सहभागी थिए । कुमार लिङ्देन, रामभक्त कुरुम्बाङ्, डकेन्द्रसिंह लिम्बू, अर्जुन जम्नेली राई, तिलकप्रस...