प्रदेश / स्थानीय सरकार

फोहोर व्यवस्थापनबाट नगद आम्दानी गर्दै थाहा नगर

इकागज | भदौ ३१, २०७९
मकवानपुर- मकवानपुर जिल्लाको थाहा नगरपालिकाले शहरीकरणसँगै बढेको फोहोरलाई उचित व्यवस्थापन गर्दै नगद आम्दानी लिन सुरु गरेको छ । नगरपालिकाले दैनिक फोहोर व्यवस्थापनबाट हाल मासिक झण्डै दुई हजार आम्दानी गर्ने गरेको छ । गत आवमा जैविक फोहोरबाट मल र अजैविक फोहोर बिक्रीबाट डेढ लाख रुपैयाँ आम्दानी गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्थानीयलाई सक्दो कम फोहोर उत्पादनका लागि समेत प्रेरित गर्दै आएको छ । स्...