प्रदेश / स्थानीय सरकार

जहाँ फोन गर्न टावर खोज्दै डाँडातिर धाउनुपर्छ

इकागज | भदौ १३, २०८१
लमजुङ- लमजुङको उत्तरी क्षेत्रका छ गाउँमा मोबाइल नेटवर्कले राम्रोसँग काम नगर्दा स्थानीयलाई समस्या भएको छ । यहाँका स्थानीयले आफन्तसँग कुराकानी गर्न टावर खोज्दै डाँडातिर धाउनुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् । क्व्होलासोथर गाउँपालिकाअन्तर्गत वडा नं ३ का घलेगाउँ, बङ्गुम, खगुम, फुल्म्रौ, वडा नं ५ स्थित सानो सिङ्दी र ठूलो सिङ्दी क्षेत्रका स्थानीयलाई यस्तो समस्या भएको हो ।  वडा नं ५ का अध्यक्ष तथा तल्लो सिङ्दीका स्थानीय गीत...