प्रदेश / स्थानीय सरकार

फलेवास नगरको आवासगृह : न कर्मचारी बस्छन् न त नगरप्रमुख

इकागज | भदौ १४, २०८१
पर्वत- यहाँको फलेवास नगरपालिकाले कर्मचारी र नगरप्रमुखको आवासका लागि भाडामा लिएका आवासगृह  प्रयोगविहीन बनेका छन् ।  नगरपालिकाले ती घरका भाडावापत  वार्षिक लाखौँ रुपैयाँ भुक्तानी गर्दै आएको छ । नगरप्रमुखको आवासका लागि फलेवास नगरपालिका–६ देवीस्थानमा र कर्मचारीका लागि फलेवास –५ खानीगाउँमा घर भाडामा लिइएको नगरपालिकाले जनाएको छ ।  आवास गृहमा न कर्मचारी बस्छन् न त नगरप्रमुख नै । नगर...