प्रदेश / स्थानीय सरकार

चितवनमा असार ६ गतेदेखि मल वितरण गरिने

इकागज | असार ३, २०७९
चितवन- साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड र कृषि सामग्री वितरण केन्द्र चितवनले यही असार ६ गतेबाट रासायनिक मल वितरण गर्ने भएका छन् । रोपाईँ गर्न सुरु गर्न लागेका किसानलाई यसले केही राहत पुग्ने जनाइएको छ ।    कर्पोरेशन चितवनका प्रमुख बुद्धिविनोद दाहालले वीरगञ्जस्थित आफ्नो गोदामघरमा मल आइसकेको जानकारी दिँदै छिट्टै वितरण हुने बताए । यसैगरी वितरण केन्द्रका प्रमुख राजन बगाले यही असार ६ गतेदेखि डिएपी मल वितरण गरि...