कांग्रेसको घोषणापत्रः मृत्यु संस्कारका लागि १० हजार रुपैयाँ दिने
काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले आर्थिक अवस्था कमजोर भएका नागरिकको मृत्यु संस्कारका लागि १० हजार रुपैयाँ सहयोग गर्ने भएको छ ।
आगामी मंसिर ४ गते हुने निर्वाचनका लागि कांग्रेसले शनिबार सार्वजनिक गरेको चुनावी घोषणापत्रमा स्थानीय सरकारमार्फत मृत्यु संस्कारका लागि १० हजार रकम उपलब्ध गराउने उल्लेख गरेको हो ।
‘विपन्न आर्थिक अवस्था भएका नागरिकको मृत्यु हुँदा मृत्यु संस्कार खर्च १० हजार स्थानीय सरकारमार्फत उपलब्ध,’ घोषणापत्रको ‘बृहत् लक्ष्य कोखदेखि शोकसम्म’ शीर्षक भनिएको छ ।
कांग्रेसले यो शीर्षकअन्तर्गत विभिन्न प्रतिबद्धता जाहेर गरेको छ । ३ वर्षमुनि र ७३ वर्षमाथिका नागरिकलाई निःशुल्क उपचार, बीमा रकम १० लाख पुर्याउने व्यवस्था कांग्रेसले गरेको छ । कांग्रेसले ६५ वर्ष माथिका जेष्ठ नागरिकलाई निःशुल्क स्वास्थय बिमा, ६८ वर्ष माथिका जेष्ठ नागरिकलाई जेष्ठ नागरिक भत्ता र ७३ वर्ष माथिका नागरिकलाई निःशुल्क उपचारको व्यवस्था गर्ने पनि घोषणा गरेको छ ।
यस्तै, उक्त शीर्षकमा जेष्ठ नागरिक सत्संग केन्द्र स्थापना गर्ने, जेष्ठ नागरिक उपचार खर्च व्यहोर्ने र जेष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने पनि कांग्रेसले घोषणा गरेको छ ।
यस्ता छन् कांग्रेसले यस शीर्षक अन्तर्गत व्यवस्था गरेका अरु प्रावधानहरू–