प्रमुख समाचार

काठमाडौंका सडकमा अहिले खाल्डाखुल्डी भेटिदैंन : मन्त्री ज्वाला

इकागज | पुस २, २०८०

काठमाडौँ - भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको दाबी गरेका छन् । 

सोमबार ललितपुर महानगरपालिकाको १०५ औं स्थापना दिवसको अवसरमा महानगरपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनै पनि सडकमा अहिले खाल्डाखुल्डी नदेखिने बताए । उनले तीन तहकै सकारले एक-आपसमा समन्वय, सहकार्य र सह-अस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा धेरै अघि बढ्न सकिने बताए । उनले तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुन आवश्यक रहेको र सरकार त्यसका लागि तयार रहेको बताए । 

उनले भने, ‘तीन तहकै सकारले एक-आपसमा समन्वय, सहकार्य र सह-अस्तित्व गरेर अघि बढ्ने हो भने विकास निर्माणको पूर्वाधारको क्षेत्रमा, कृषिको क्षेत्रमा, खानेपानी, फोहोर व्यवस्थापनको क्षेत्रमा, खोलाको समस्याको समाधानको क्षेत्रमा समस्या समाधान गर्न सकिन्छ । तीन तहका सरकारको बीचमा राम्रो समन्वय, सहकार्य हुनुपर्छ । त्यसका लागि नेपाल सरकार तयार छ । पूर्वाधार निर्माणको क्षेत्रमा, सडक निर्माण, खाल्डाखुल्डी ममर्तका कुरा हुन्, काठमाडौं उपत्यकालाई धुलो रहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनाउने कुरा होस्, यी सबै काममा सहकार्य गरेर अघि जाऔँ । विकास निर्माणको काममा सहकार्य गर्न हामी तयार छौँ । काठमाडौं उपत्यका अहिले खाल्डाखुल्डीरहित बनेको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतका कुनैपनि सडकमा अहिले खाल्डा देख्न सक्नुहुन्न । खानेपानीले समस्या बनाउँछ, विद्युतले समस्या बनाउँछ, र पनि हामीले हाम्रो मन्त्रालयअन्तर्गतका खाल्डाखुल्डी मर्मत गरेका छौँ । बाँकी कहीँ कतै छ भने त्यसको मर्मत गर्न प्रतिवद्ध छौँ ।’

मन्त्री ज्वालाले काठमाडौं उपत्यकालाई धुलो रहित बनाउने, यातायात व्यवस्थालाई सुगम, भरपर्दो र सुरक्षित बनाउने कुरामा आफू सहकार्य गर्न तयार रहेको बताए । 

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोह आज : दीक्षित हुन १२ हजार चार सयको आवेदन

इकागज | पुस २, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोह आज हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिह...

त्रिभुवन विश्वविद्यालयको दीक्षान्त : कहाँबाट आउने सवारी साधन कहाँ पार्किङ गर्ने ?

इकागज | पुस २, २०८०

काठमाडौँ- त्रिभुवन विश्वविद्यालयले ४९ औँ दीक्षान्त समारोहको आयोजना गरेको छ । सोमबार बिहान १० बजेदेखि द...