प्रमुख समाचार

क्षमता अभिवृद्धिमा आवधिक योजनाको जोड

इकागज | पुस ३, २०८०

काठमाडौँ- परराष्ट्रमन्त्री एनपी साउदले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्न निरन्तर जोड दिएको बताएका छन् ।

नेपालले आफ्नो विकास योजना र कार्यक्रममा मानव विकासको अवधारणालाई समावेश गरेको भन्दै उनले आवधिक विकास योजनाले शिक्षा र स्वास्थ्यमा उल्लेख्य लगानी गरी मानव क्षमता अभिवृद्धि गर्ने विश्वास व्यक्त गरे । 

मन्त्री साउदले भने, 'मानव विकास सूचकाङ्क अल्पविकसित देशबाट स्तनोत्तरी हुने तीन मापदण्डमध्ये एक हो र यो हामीले वर्षौँअघि पूरा गरेको पहिलो मापदण्ड थियो ।'

संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडीपी) ले आज काठमाडौँमा आयोजना गरेको क्षेत्रीय मानव विकास प्रतिवेदन–२०२४ सार्वजनिक समारोहलाई सम्बोधन गर्दै उनले दिगो विकासको लक्ष्यबारे त्यस्तो तर्क गरेका हुन् । 

बाह्य र आन्तरिक दुवै कारणले दिगो विकासका लक्ष्य प्राप्तिमा स्थिरता कायम गर्न नसकिएको मन्त्री साउदले बताए । युएनडीपीको प्रतिवेदनले जलवायु परिवर्तनबाट उत्पन्न हुने खतरालाई पनि उजागर गरेको उनले उल्लेख गरे । हिमालय क्षेत्रका मुलुकले भोगिरहेका गम्भीर समस्याका बारेमा उचित ध्यान दिनुपर्नेमा जोड दिँदै उनले हालै सम्पन्न कोप–२८ मा पनि उक्त विषय मुख्य सन्देश रहेको पनि बताए । 

सरकार युवालाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताका लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत रहेको बताउँदै परराष्ट्रमन्त्री साउदले उक्त अभियानमा युएनडीपी जस्ता महत्त्वपूर्ण साझेदारबाट निरन्तर सहयोग प्राप्त रहने विश्वास व्यक्त गरे ।
 
'नेपालको जनसङ्ख्यामा युवाको बाहुल्यता रहेको छ र काम गर्ने उमेरको यो जनसङ्ख्या हाम्रो सम्पत्ति हो,' उनले भने, 'हामी हाम्रा युवालाई गुणस्तरीय शिक्षा, सीप अभिवृद्धि र उद्यमशीलताको लागि अनुकूल वातावरणको अवसर प्रदान गर्न प्रयासरत छौँ ।'

जनताको चाहना भए संघीय संसदबाट फिर्ता भइ आन्दोलन गर्छौं : अध्यक्ष लिङ्देन

इकागज | पुस ३, २०८०

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले जनताको चाहना भए संघीय संसदबाट फिर्त...

३७ वर्ष शिक्षण पेशामा बिताएर सुन्तला खेतीमा रमाउँदै ७१ वर्षीय अनन्तबहादुर

इकागज | पुस ३, २०८०

गलकोट (बागलुङ)- धेरै जागिरेहरू अवकाशपछि आराम गर्छन् तर यहाँका एक शिक्षक ३७ वर्ष शिक्षण पेशामा बिताएर स...

२० वर्ष भनेको थोरै समय होइन, न्याय पाउने एक पुस्ताले आशै मारिसक्यो : सांसद बैरागी

इकागज | पुस ३, २०८०

गण्डकी- नेकपा (एमाले)का नेता दामोदर पौडेल ‘बैरागी’ले शक्ति पृथकीकरणको सिद्धान्तविपरीत सरक...

माओवादीको पदाधिकारी बैठक बस्दै, राष्ट्रियसभा निर्वाचनबारे छलफल हुने

इकागज | पुस ३, २०८०

काठमाडौँ- सत्तारुढ दल नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे प्रधानमन्...