संसद्

दुई संसदीय समितिको बैठक बस्दै, एनसेल र चिनीको मूल्यबारे छलफल हुने

इकागज |
पुस ३, २०८० मंगलबार ९:० बजे

फाइल तस्बिर

काठमाडौँ- आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार उद्योग वणिज्य र श्रम तथा उपभोक्ताहित समितिको बैठक बिहान साढे ११ बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा हेटौँडा र उदयपुर सिमेन्ट उद्योगका समस्या र चिनीको मूल्य निर्धारण सम्बन्धमा छलफल हुनेछ ।


त्यस्तै मध्यान्ह साढे १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा एनसेलको विषयमा सरकारको तर्फबाट के कस्तो कारबाही भइरहेको छ ? सो सम्बन्धमा छलफल हुनेछ ।
 


Author

थप समाचार
x