प्रमुख समाचार

नारायणगढ-मुग्लिन सडक आजदेखि चार घण्टा बन्द हुने

इकागज | पुस ७, २०८०

चितवन- नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ ।

भीर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०:४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०:३० बजेसम्म मात्र चलाउन पाइने छ ।

काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०:५५ सम्म तथा मालवाहक सवारी सधान १०:४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताए ।

यसैगरी पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०:५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०:४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ ।

गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताए ।

साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताए । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ । रासस

अर्थतन्त्रका अधिकांश सूचकहरूमा राम्रो प्रगति भएको छ : प्रधानमन्त्री दाहाल

इकागज | पुस ६, २०८०

विराटनगर- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक वर्षको अनवरत प्रयासपछि अर्थतन्त्रका अधिका...

पुराना ३५९ थान मुद्दा असार मसान्तसम्म फर्छ्यौट गरिसक्छौँ : विशेष अदालत

इकागज | पुस ६, २०८०

काठमाडौँ- विशेष अदालतले बाँकी रहेका पुराना ३५९ थान मुद्दाहरू आगामी असार मसान्तसम्म फर्छ्यौट गरिसक्...

विज्ञहरू भन्छन् : खाडी मुलुकमा महिला कामदार पठाउन लगाइएको प्रतिबन्ध तत्काल हटाउनुपर्छ

इकागज | पुस ६, २०८०

काठमाडौँ- सरोकारवालाहरूले खाडी मुलुकमा महिलाहरूलाई घरेलु कामदारको रूपमा पठाउन लगाइएको प्रतिबन्ध तत्क...

चाडपर्वका नाममा विद्यालयले फरक पोसाक किन्न बाध्य पारे काठमाडौँ महानगरले कारबाही गर्ने

इकागज | पुस ६, २०८०

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्र सञ्‍चालित विद्यालयले चाडपर्वको नाममा विद्यार्थीला...