प्रमुख समाचार

आज चार घण्टा नारायणगढ–मुग्लिङ सडक खण्ड बन्द हुने

इकागज | पुस ८, २०८०

चितवन - आज पनि नारायणगढ–मुग्लिङ सडक खण्ड अवरोध हुने भएको छ ।

नारायणगढ–मुग्लिङ सडक खण्डमा निर्माणाधीन पुलहरू मध्य बाँकी रहेको तुइन खोला पुलमा पुलको जग र एप्रोच सडकको लागि कडा चट्टानी पहाड फुटाइ पुनः निर्माण कार्य सुचारू गर्नका लागि उक्त सडक खण्ड बन्द गर्न लागिएको हो ।

हिजो देखि बन्द हुन सुरू गरेको सो सडक खण्ड आज पनि अपरान्ह १२ बजे देखी दिउँसो ४ बनेसम्म यातायात सञ्चालन पूर्ण रुपमा रोकिन ट्राफिक कार्यालयले जनाएको छ । 

जसअनुसार मुग्लिङ तर्फबाट छिर्ने सवारीसाधनहरू यात्रुबाहक सवारी जस्तै मिनीबस, माइक्रो बस र साना सवारीसाधन मुग्लिङ बजारदेखि मनकामना केबुलकार गेटसम्म तथा पोखरातर्फबाट आउने सवारी बेनिटार देखि पावरहाउससम्म रोकिनेछ , नारायणगढतर्फ छिर्ने सवारीसाधनहरू पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म रोकिनेछन । 

मुग्लिङतर्फ छिर्ने ट्रक, लरी, ट्रेलर, ट्रिपर, टयाङक र भारी सवारी साधन भने लेवाटार र सत्र सय फाँटमा रोकिने छन भने नारायणगढतर्फ छिर्ने यस्ता सवारी साधनहरू भतेरी जंगल देदेखि रामनगरसम्म रोकिने ट्राफिक प्रहरीले जनाएको छ ।

उसका अनुसार यो यात्रा अवरोध पुस ७ देखी २८ गतेसम्म जारी रहने भएकाले यसै अनुसार व्यवस्था गर्न गराउन अनुरोधसमेत गरिएको छ ।

सेटिङमा विदेश पठाउँदा ट्राभल्सले एयरलाइन्स र अध्यागमनका कर्मचारीलाई कति दिन्छ घुस ?

इकागज | पुस ७, २०८०

काठमाडौँ- नक्कली कागजातका आधारमा मिलेमतोमा ‘भिजिट भिसा’मा विदेश पठाइ मानव तस्करीमा सघाउ...

विश्‍वलाई चकित पार्ने 'च्याट जीपीटी' ले १५ सेकेन्डमा बनाएको कानुन

विवेक देवकोटा | पुस ७, २०८०

यदि कुनै दिन देशको नियम र कानुनहरू तयार गर्ने काम एआईलाई दिइयो भने के हुन्छ ? यद्यपि यो शक्ति एआईलाई ...

प्रत्यारोपण केन्द्र विस्तारका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया छिट्टै टुंगोमा पुग्छ : मन्त्री बस्नेत

इकागज | पुस ७, २०८०

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विस्तारका...

मरेपछि खरानी भएर जाने अंगहरू दानका निम्ति सबैले प्रोत्साहित गरौँ : प्रधानमन्त्री प्रचण्ड

इकागज | पुस ७, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अंग प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई...