Ekagaj Logo
२१ कात्तिक २०८१, बुधबार
(Wednesday, 06 November, 2024)

प्रमुख समाचार

सात वर्ष बितिसक्दा पनि पुल बनेन

इकागज | मंसिर २५, २०८०

कञ्चनपुर - कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ पहरियास्थित ओदाल खोलामाथि निर्माणाधीन पक्की पुलको काम अलपत्र छ । 

निर्माण सुरु भएको सात वर्ष बितिसक्दा पनि पुल तयार नहुँदा स्थानीय बासिन्दाले सास्ती भोगिरहेका छन् ।  पक्की पुल नहुँदा बर्सातमा उर्लेर आउने ओदाल खोला वारिपारि गर्न सकस पर्ने गरेको स्थानीय घनश्याम साउँदले बताए । 'बर्खामा खोला निकै आउँछ । बिरामी तथा विद्यार्थीलाई ओहोरदोहार गर्नै समस्या हुन्छ', उनले भने, 'पुल नहुँदा ज्यान जोखिममा पारेर आवतजावत गर्नुपर्छ ।'

ठेकेदार कम्पनीको लापरबाहीले अहिलेसम्म पुल निर्माण हुन नसकेको अर्का स्थानीय दिलबहादुर खत्रीले बताए ।  'सुविधासम्पन्न बाटो तथा पुल नहुँदा कोही बिरामी परे पनि लैजान गाह्रो हुन्छ । एम्बुलेन्स आउन मान्दैन', उनले भने, 'समयमै अस्पताल पुर्याउन नसक्दा कतिपयले बाटोमै ज्यान पनि गुमाएका छन् ।' ओदाल खोलामा पुल नहुँदा स्थानीय अहिले खोलाकै धुलाम्य कठिनाइपूर्ण बाटो प्रयोग गर्न बाध्य छन् । पुल निर्माण भए सुन्दरीफाँटा, दोमिल्लालगायत सो क्षेत्रका स्थानीय लाभान्वित हुनेछन् ।

'पुल निर्माण हुने भनेको यत्रो समय बितिसक्दा पनि अहिलेसम्म बनेको छैन”, स्थानीय गणेश रावतले भने, 'हामी पीडामा छौँ । अब त पुल निर्माण हुन्छ भन्ने आशा पनि मरिसक्यो ।' विसं २०७३ भदौ १७ गते थेगिम गाल्वा जेभीले पाँच करोड ४७ लाखमा ओदाल खोलाको पुल निर्माणको ठेक्का पाएको थियो । सुरुआतमा विसं २०७४ फागुन १५ गते पुल निर्माण गरिसक्नुपर्ने अवधि थियो । तर पटक पटक म्याद थप गर्दा पनि अहिलेसम्म पुल तयार हुन सकेको छैन । पछिल्लो पटक म्याद थप गरेर विसं २०७८ चैत ३० गते काम सक्नुपर्ने भए पनि अझै निर्माण सम्पन्न नभएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी इन्जिनियर तारानाथ सिग्देलले जानकारी दिए । 

'पटकपटक ताकेता गर्दा पनि निर्माण कम्पनीले काम अघि बढाएको छैन । उपकरण ल्याएर केही दिन काम गरेजस्तो देखाउने गरेको पाइएको छ', उनले भने, 'निर्माणमा लापरबाही र ढिलासुस्ती गर्ने कम्पनीलाई जरिवाना पनि तिराएका छौँ । उनका अनुसार पुल निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई ठेक्का छोड्न परिपत्र गर्ने तयारीसमेत भइरहेको छ । पुलको निर्माण गर्नुपर्ने दुई वटा स्पानमध्ये एउटा मात्रै निर्माण सम्पन्न भएको छ ।
रासस

किन छरिन्छ शतबीज ?

इकागज | मंसिर २५, २०८०

काठमाडौँ- आज मार्ग कृष्ण पक्षको चतुर्दशी । पशुपतिनाथलगायत देशभरका शिवालयहरूमा शतबीज छरेर मनाइएको छ । ...

प्रधानमन्त्रीको दाबी : संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रियाबाट टुंगो लगाउँछौं

इकागज | मंसिर २४, २०८०

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले संक्रमणकालीन न्याय राष्ट्रिय सहमतिबाट नटुंगिए प्रजातान्त्रिक प्रक्रिय...

श्रीमानको हत्यारा काेइरी खोज्दै थमन विककी श्रीमती छोरासहित काठमाडौँमा

विशाल बस्नेत | मंसिर २४, २०८०

महोत्तरी- बाँके नेपालगञ्ज-२५ शान्तिनगरका सशस्त्र प्रहरी सहायक निरीक्षक थमनबहादुर विकलाई महोत्तरीमा म...

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठ अस्पतालबाट डिस्चार्ज

इकागज | मंसिर २४, २०८०

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पतालबाट डिस्चार्ज भएका छन् ।  स्वास्थ्यम...