प्रमुख समाचार

भीम रावलको प्रश्न, ‘मन्त्री सुदन किराँतीका पुर्खा क्रिश्चियन थिए ?’

इकागज | पुस ६, २०८०

काठमाडौं -  नेकपा एमालेका नेता भीम रावलले नागरिक उड्डयन, संस्कृति तथा पर्यटन मन्त्री सुदन किराँतीलाई ‘मुन्धुम मान्ने देशद्रोही थिए त ?’ भनेर प्रश्न गरेका छन् ।

संस्कृति मन्त्री किराँतीले ‘क्रिश्चियन धर्म नमान्ने संविधान विरोधी र देशद्रोही हुन र उनीहरूलाई जेल कोच्नु पर्छ’ भन्ने जस्ता गैर जिम्मेवारी अभिव्यक्ति दिए पछि एमाले नेता रावलले प्रश्न गरेका हुन ।

‘मन्त्री सुदन राई किराँतीलाई नेपाली जनताले सोध्नै पर्ने प्रश्न, के मन्त्री सुदनका पूर्खा क्रिश्चियन थिए ? थिएनन् भने के ती देशद्रोही थिए ? किराँतहरूले ‘मुन्धुम’ मान्नु के देशद्रोह हो ?’ उनले सामाजिक सञ्जालबाट सोधेका छन, ‘यस्ता प्रश्नको जवाफ चाहियो।’

आगामी डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणा गर्ने तयारी : प्रधानमन्त्री

इकागज | पुस ६, २०८०

सुनसरी - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी एक देखि डेढ वर्षभित्र देशलाई पूर्ण रु...

प्रहरी वरिष्ठ हवल्दारबाट ६६२ जना प्रहरी सहायक निरीक्षकमा बढुवा सिफारिस (नामसहित)

इकागज | पुस ६, २०८०

काठमाडौँ- नेपाल प्रहरीले एकसाथ ठूलो संख्यामा प्रहरी वरिष्ठ हवल्दारबाट प्रहरी सहायक निरीक्षकमा बढुवा सिफा...