प्रमुख समाचार

बालकुमारी घटनामा ७३ जना पक्राउ, सुरक्षाकर्मीसहित सात घाइते

इकागज | पुस १३, २०८०

काठमाडौँ- ललितपुरको बालकुमारीमा आज भएको घटनामा प्रहरीले ७३ जनालाई पक्राउ गरेको छ । प्रदर्शनका क्रममा घाइते भएका दुई जनाको मृत्यु भएको छ । घटनामा सात जना घाइते भएका छन् । स्थानीय प्रशासनका अनुसार घाइतेमध्ये ४ जना सशस्त्र प्रहरी र बाँकी तीन जना प्रदर्शनकारी रहेका छन् । 

ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले भने, 'उक्त घटनामा अहिलेसम्म एक महिलासहित ७३ जनालाई पक्राउ गरिएको छ, प्रहरीसहित सात जना घाइते भएका छन्, घटनाको थप अनुसन्धान जारी छ ।' उनले मृत्यु भएका दुई मध्ये एक जनालाई गोली लागेको र अर्का एक जनाको छातीमा दाग देखिएकाले शव परीक्षणपछि मात्र मृत्युको वास्तविक कारण जानकारी हुने बताए । घटनामा डोटीका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको हो । 

कोरियामा रोजगारीका निम्ति रोजगारी अनुमति प्रणाली (इपिएस) को परीक्षामा सामेल हुन नपाएको भन्दै युवाहरूले आज प्रदर्शन गरेका थिए । त्यस क्रममा आन्दोलनकारीले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढेको गाडीमा आगजनी गरेका थिए । स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले केही राउण्ड अश्रुग्यास प्रहार गर्नाका साथै  हवाई फायर गरेको थियो ।

भ्रष्टाचारका काण्डमा ठूला मान्छे जोडिएपछि छानबिन फितलो हुन थाल्यो : मन्त्री गुरुङ

इकागज | पुस १३, २०८०

स्याङ्जा - कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले भ्रष्टाचारसम्बन्धी छानबिन निष्पक्ष ढङ्गले हुनुप...

रुपन्देही प्रहरीद्वारा २३ वटा चोरीका मोटरसाइकलसहित आठ जना पक्राउ

इकागज | पुस १३, २०८०

बुटवल - अपराध नियन्त्रण गरी समाजमा शान्तिपूर्ण वातावरण सिर्जना गर्न भन्दै रुपन्देही प्रहरीले संचालन ग...

कस्तो छ आजको मौसम ?

इकागज | पुस १३, २०८०

काठमाडौं - हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानु...

मैले राष्ट्रिय सभा निर्वाचनमा उम्मेदवार हुन खोजेको भन्ने कुरामा सत्यता छैन : अग्नी सापकोटा

इकागज | पुस १२, २०८०

काठमाडौँ- पूर्वसभामुख एवं नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष ​अग्नीप्रसाद सापकोटाले आफू राष्ट्...