प्रमुख समाचार

बाँकेको नौवस्ता बालसुधार गृहमा झडप हुँदा पाँच जना घाइते

इकागज | पुस १५, २०८०

बाँके- बाँकेको नौवस्तास्थित बालसुधार गृहका बालबन्दीबीच विवाद हुँदा भएको झडपमा परी पाँच जना घाइते भएका छन् । बैजनाथ-३, गाभरस्थित क्षेत्रीय कारागारमा रहेको बालसुधार गृहका बालबन्दीबीच झडप हुँदा पाँच जना घाइते भएको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरलले बताए ।

बालसुधार गृहमा १८ वर्षमाथिका बन्दीबीच शनिबार रातिदेखि नै झडप भएको बताइएको छ । दुईवटा ब्लकका बालबन्दीबीच झडप भएको हो ।

एउटा ब्लकमा २३ जना र अर्को ब्लकमा ९३ जना राखिएका छन् । उनीहरूबीच ढुङ्गा हानाहान भएको थियो ।

आइतबार अपरान्ह ४ बजेतिर हानाहान हुँदा एक जना बालबन्दी घाइते भएका छन् । घाइतेलाई नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको छ ।

अहिले स्थिति नियन्त्रण लिन नेपाल प्रहरी र सशस्त्र प्रहरीको थप सुरक्षा बल खटिएको छ ।

मुलुकलाई आर्थिक संकटमा लैजाने मठाधीशलाई कारबाही गर्नुपर्छ : प्रभु साह

इकागज | पुस १५, २०८०

वीरगंज- आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रमुख दलका नेताहरूका कारण देश असफल...

स्वास्थ्य बीमा गरेकाले उपचार गरेबापत १० प्रतिशत रकम तिर्नुपर्ने

इकागज | पुस १५, २०८०

काठमाडौँ- स्वास्थ्य बीमा बोर्डले अब उपचारमा लाग्ने १० प्रतिशत रकम (सहभुक्तानी) बीमित बिरामीलाई तिराउने भ...

राष्ट्रिय सभा उम्मेदवारका लागि समाजवादी प्रेस संगठनबाट १० पत्रकारको नाम सिफारिस

इकागज | पुस १५, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) निकट समाजवादी प्रेस संगठनले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि...

इजरायलले गाजामा नरसंहार गरेको भन्दै दक्षिण अफ्रिकाद्वारा अदालतमा मुद्दा दायर

इकागज | पुस १५, २०८०

काठमाडौँ - दक्षिण अफ्रिकाले इजरायलले गाजामा प्यालेस्टाइनीहरू विरुद्ध नरसंहार गरेको आरोप लगाउँदै अन्तर्रा...

'जवाफ चाहियो सरकार'

इकागज | पुस १४, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई विभिन्न १० प्रश्न गरेका छन् । ...